‘ब्रेकअप’मा आशिरमानका लागि शिल्पा !

‘ब्रेकअप’मा आशिरमानका लागि शिल्पा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । रोहित अधिकारीले निर्माण गर्ने दोस्रो सिनेमा ‘ब्रेकअप’को लागि अभिनेत्री तय भएकी छन् ।

यसअघि आयुषमान देशराज जोशीलाई मुख्य भूमिकामा अनुबन्ध गरिसकेको सिनेमाको लागि शिल्पा मास्केलाई रोहित अधिकारी फिल्मस र ह्याप्पी प्लानेट फिल्मसले अफिसियल अनुवन्ध गरेका हुन् ।

हेमराज विसीले निर्देशन गर्ने सिनेमा यहिँ भदौको अन्तिमबाट पोखरा, मनाङ, मुस्ताङ र लन्डनमा छायाँकन हुनेछ । यस लभस्टोरी जनराको सिनेमामा रोहितसँगै दीपक खतिवडा र रुपक थापाको पनि लगानी रहनेछ । यसअघि रोहित अधिकारीको निर्माणमा बनेको सिनेमा ‘गाजलु’ बक्सअफिसमा हिट भएको थियो ।