‘विराङ्गाना’मा शिल्पा, अनुपविक्रम र धिरेन शाक्य !

‘विराङ्गाना’मा शिल्पा, अनुपविक्रम र धिरेन शाक्य !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘विराङ्गाना’को घोषणा गरिएको छ । राजधानीमा कार्यक्रम गर्दै सिनेमाको शुभ-मुर्हत गरियो । मुर्हतमा पुर्व उप-प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझि प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

राजबहादुर सानेले निर्देशन गर्ने सिनेमामा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य, सुनिल दत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतका कलाकारको अभिनय रहनेछ ।

देशको सिमा क्षेत्रमा हुने अवैधानिक गतिविधि, अपराध नियन्त्रण गर्न र देशको शान्ति सुरक्षाको लागि नारीले पुर्याउने योगदान ‘विराङ्गाना’ सिनेमा मार्फत देखाइने निर्देशक सानेले बताए । सिनेमामा बाबुराम दास, श्याम हादुर थापा, रघु परियारको लगानी रहनेछन् भने देव तामाङ, सुमी चाम्लिङ राईले निर्माणमा सहयोग गर्नेछन् ।

आफ्नै लेखनमा निर्देशन गर्न लागेका सानेले सिनेमालाई पनि स्वयम्ले खिच्नेछन् । सिनेमामा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराजको कोरियोग्राफी र श्रीकृष्ण श्रेष्ठको द्वन्द रहनेछ ।