‘2 रुपियाँ’मा करोडौको खेल ! कसरी ? (ट्रेलर)

‘2 रुपियाँ’मा करोडौको खेल ! कसरी ? (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असिम शाह निर्देशित सिनेमा ‘2 रुपैयाँ’को ट्रेलर रिलिज भएको छ । राजधानीमा एक प्रेसमिट आयोजना गरेर सस्पेन्स कमेडी सिनेमाको ट्रेलर रिलिज गर्दै निर्माण युनिट दुई ओटा हिट गीत देखायो ।

‘चक्कर दुई रुपियाँको हो, खेल करोडौको हो हेर !’ ट्रेलरमा असिफ शाहले बोलेको यो संवादबाटै ‘2 रुपैयाँ’ सस्पेन्स सिनेमा हो भन्ने अड्कल काट्न सकिन्छ । एक प्रेसमिटमा निर्देशकले भनेका थिए: ‘पहिले हाम्रो सिनेमाको नाम सुन्दा जो कोहि पनि हाँस्नु हुन्थ्यो, अहिले यहिँ ‘2 रुपैयाँ’मा रमाउदै हुनुहुन्छ ।’ यो संवाद निर्देशकले ‘कुटुमा कुटु’ १ करोड भ्यु सेलेब्रेसनको केक काट्ने प्रेसमिटमा बोलेका थिए ।

साचिकै पनि यो सिनेमाका ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलका गीतमा दर्शक श्रोता रमाईरहेका छन् । पार्टीप्यालेस, स्कुल प्रोग्राम लगायतका म्युजिकल कार्यक्रमहरुमा यी गीतहरुले स्थान बनाईसकेका छन् । ‘2 रुपियाँ’का गीतले हाइप बनाईरहँदा ट्रेलरले दर्शकमा उत्सुकता जगाउँदै सिनेमालाई प्रतिक्षित बनाएको छ ।

सिनेमाको पटकथा असिफ शाह र आशिष रेग्मीले लेखेका हुन् । भने, स्क्रिप्ट लेखनमा असिम शाह र विजय अधिकारीको सहयोग छ । राजनराज सिवाकोटीको संगीत रहेको सिनेमामा निश्चल बस्नेत, असिफ शाह, मेनुका प्रधान, बुद्दी तामाङ, रविन्द्र झा, राजन इशान, टिका पहारी लगायतका कलाकारको अभिनय छ । यो सिनेमा भदौ २३ मा प्रदर्शन हुदैछ ।