लालपुर्जा गीत: हेर्नुहोस् सौगात र विपिनको फरक अवतार

लालपुर्जा गीत: हेर्नुहोस् सौगात र विपिनको फरक अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ ४ लाई रिलिज मिति तय गरेर सिनेमा ‘लालपुर्जा’ले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक ‘मितेरी एन्थम’मा अभिनेता विपिन कार्की र सौगात मल्ललाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । गीतमा मेनुका प्रधान र मिरुना मगर पनि फिचर्ड छन् ।

जसोन कुँवरको शब्द/संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयम्को स्वर छ । निगम श्रेष्ठ निर्देशित सिनेमामा गीतमा प्रस्तुत भएका कलाकारका अलावा कामेश्वर चौरसिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायतको अभिनय छ ।

नेगेटिभ बुद्धको व्यानरमा निर्मित सिनेमामा बिक्रमसिंह थारु/उमेश श्रेष्ठको लगानी, लोकेश बज्राचार्यको सम्पादन र नरेन्द्र मैनालीको छायाँकन छ ।

https://youtu.be/uhcyyZm-eu4