४ वर्ष पछी पर्दामा ‘कान्छी’ बनेर आउँदै स्वेता, दयाहाङ हुनेछन् अपोजिट

४ वर्ष पछी पर्दामा ‘कान्छी’ बनेर आउँदै स्वेता, दयाहाङ हुनेछन् अपोजिट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री स्वेता खड्का पछिल्लो पटक ‘कोहिनूर’मा देखिएकी थिइन् । करिब ३ वर्ष अघि रिलिज भएको ‘कोहिनूर’ पछी स्वेतालाई कुनै पनि सिनेमामा देख्न पाईएको थिएन ।

लामो समयको अन्तराल पछी स्वेता पुन: पर्दामा आउँने समाचारहरु बाहिरिएका थिए । अन्तत: स्वेताको निर्माण तथा अभिनय रहने सिनेमा ‘कान्छी’को अफिसियल घोषणा गरिएको छ । राजधानीमा एक प्रेसमिट गर्दै आकाश अधिकारीले निर्देशन गर्ने सिनेमाको बारेमा जानकारी दिइयो ।

सिनेमामा स्वेतासँगै दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । यम थापाको पटकथा संवाद रहेको सिनेमाले विशुद्द गाउँको कथा प्रस्तुत गर्नेछ । जहाँ अधिकाँस युवायुवती विदेश जाँदा गाउँमा मलामी जाने मान्छे हुने छैनन् । र विदेश किन जाने प्रश्न लिएर ‘कान्छी’ आउँने निर्देशक आकाश अधिकारीले बताए ।

३५ दिनको लागि मुस्ताङ सेड्युल बनाएको ‘कान्छी’लाई ४५ दिनमा सकाउने निर्माण युनिटको योजना छ । पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । भदौ २ गतेबाट छायांकनमा जाने सिनेमालाई माघ २६ गतेबाट रिलिज गरिने निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

तस्विर: उद्दव रसाईली