‘कारखाना’ निर्देशकको नयाँ सिनेमा, ‘जयश्री दाम’मा अमृत र जेविका !

‘कारखाना’ निर्देशकको नयाँ सिनेमा, ‘जयश्री दाम’मा अमृत र जेविका !

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्ष प्रदर्शन भएको सिनेमा ‘कारखाना’का निर्देशक अमरदीप सापकोटाले नयाँ सिनेमा निर्माण थालेका छन् । तर, यो सिनेमामा उनको निर्देशन नरहेर सहनिर्माण र पटकथा/संवाद लेखन हुनेछ ।

पुष पहिलो साताबाट छायाँकनमा उत्रिने सिनेमाको नाम ‘जयश्री दाम’ जुराईएको छ । पूर्ण कमेडी जनरामा निर्माण हुने सिनेमाका लागि अमृत ढुंगाना, जेबिका कार्की, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् । सिनेमालाई विप्लप उप्रेतीले निर्देशन गर्नेछन् ।

मंकी टेम्पल प्रोडक्सन, नेशनल मिडिया प्रोडक्सन र सापकोटा जेआर प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा पृथ्वीराज उप्रेती र मनोज उप्रेतीको मुख्य लगानी र रविन आचार्यको सहलगानी रहनेछ । मंकी टेम्पलले यसअघि ‘अमेरिकन सपना’ नामक सिनेमा निर्माण गरिसकेको छ । त्यस्तै नेशनल मिडियाले ‘डाईङ क्यान्डल’ निर्माण गरिसकेको थियो । भने, सापकोटा जेआरका लागि यो पहिलो प्रोजेक्ट हो ।

सिनेमामा नवराज उप्रेतीको छायाँकन, मित्र डी. गुरुङको सम्पादन र विप्लप उप्रेतीकै कथा लेखन रहनेछ ।