‘ड्रिम गर्ल’सँग आकाशको प्रेम

‘ड्रिम गर्ल’सँग आकाशको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता आकाश श्रेष्ठ अभिनित सिनेमा ‘ड्रिम गर्ल’को पहिलो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिम्रो मायामा’ बोलको गीतमा आकाशसँगै डेब्यु गर्ल आश्मा गिरी फिचर्ड छन् ।

सार्वजनिक गीतमा अम्बिका शर्माको शब्द, अन्जु पन्त र सुरेश लामाको स्वर छ । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

अशोज १९ गते रिलिज सिनेमा ‘ड्रिम गर्ल’मा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकारको मुख्य भूमिका छ ।

आरबी मुभिजको प्रस्तुतिमा रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको ‘ड्रिम गर्ल’मा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी छ । सिनेमामा नविन निरौलाको सम्पादन, सम्राट बस्नेतको एक्सन, राहुल राई/रामेश्वर हुमागाईंको छायाँकन र निर्देशक स्वयम्को लेखन छ ।