निर्माता र हलको विवाद मिलाउन पाँच सदस्यीय कमिटी गठन !

निर्माता र हलको विवाद मिलाउन पाँच सदस्यीय कमिटी गठन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल चलचित्र संघले डीसहोम र हलमा सँगै सिनेमा रिलिज गर्न नपाईने नियम घोषणा गरे पछी निर्माता र हल संचालक विच विवाद उत्पन्न भयो ।

बिभिन्न सिनेकर्मी निर्माता र हल संचालकको पक्षमा रहँदा यो विवादले उग्ररुप लिदैछ । र, यसै विवादलाई मध्येनजर गरेर नेपाल चलचित्र निर्माता संघले महासचिव रोज राणाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता कमिटी गठन गरेको छ ।

बुधबार, असोज २५ मा गठन गरिएको कमिटीले नेपाल चलचित्र संघसँग वार्ता गरेर निर्माता र हल संचालकको विवाद साम्य पार्नेछ । कमिटीको पाँच सदस्यमा रोज राणा (संयोजक), छविराज ओझा (सदस्य), विकासराज आचार्य (सदस्य), रौनक विक्रम कँडेल (सदस्य) र करण श्रेष्ठ (सदस्य) रहेका छन् ।

साथै, संघले संस्थाको वरिष्ठ उपाध्यक्षमा केशव भट्टराईलाई सर्वसम्मत रुपमा मनोनित गरेको छ । त्यस्तै कार्यसमिति सदस्यमा विकासराज आचार्य र निश्चल बस्नेतलाई मनोनित गरेको छ ।