यस्ता छन् चलचित्र विकास बोर्डका भावी कार्ययोजना

यस्ता छन् चलचित्र विकास बोर्डका भावी कार्ययोजना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा क्षेत्रको विकास, प्रवर्धन तथा संरक्षणका निमित्त स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

वि.स. २०५७ सालमा सूचना तथा संचार मन्त्रालय मातहतमा रहने गरि असार १६ गते नेपाल चलचित्र विकास बोर्ड स्थापना भएको थियो ।

वार्षिकोत्सवमा बोर्डले भावी कार्ययोजना प्रस्तुत गरेको छ । जस अन्तर्गत आर्थिक वर्ष ७५-७६ भित्रै बक्स अफिस लागु गर्ने बोर्डले लक्ष्य राखेको छ ।

यही अर्थिक बर्ष भित्र नै राष्ट्रिय चलचित्र विकास नीति लागु पर्ने बोर्डको तयारी छ । नेपालको पहिलो सिनेमा आमा र पहिलो रंगिन सिनेमा कुमारीलाई डिजिटलाइजेसन गरेसँगै पुण: प्रदर्शन गर्ने र तत्कालिन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १६ वटा सिनेमालाई चलचित्र महोत्सवद्धारा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । यस्तै नेपाललाई अन्र्तराष्ट्रिय सुटिङहवका रुपमा बिस्तार गर्न अन्र्तराष्ट्रियस्तरको. फिल्म सिटीसँगै काठमाण्डौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ ।

माननिय सुचना तथा संचार प्रविधि मन्त्री गोकूल बासकोटाको प्रमूख आतिथ्यसमा सम्पन्न कार्यक्रमका बीच २ वटा बिशेष सिनेमालाई बोर्डले पुरस्कृतसमेत गरेको छ । शिवम् अधिकारी निर्देशित ‘पंचायत’ र ‘घनश्याम’ लामिछानेद्धारा निर्देशित ‘अग्नी दहन’ छन् । यी २ सिनेमाले विदेश प्रदर्शनका लागि सवटाइटलिङ गर्न २ लाख रुपैयाँ पाउँनेछन् ।

चलचित्र विकास बोर्डमा अहिले प्रथम महिला अध्यक्षका रुपमा निकिता पौडेल छिन् । सिनेमा सम्बन्धी नै अध्यन गरी बोर्ड अध्यक्ष बन्न सफल भएकी पौडेल सिनेमा क्षेत्र र सिनेकर्मीहरुको पक्षमा प्रतिबद्ध भएर लागिरहेकी छिन् । बक्स अफिस, राष्ट्रिय चलचित्र नीति, चलचित्रकर्मी कल्याणकोष, फिल्म सिटी निर्माण, पराना चलचित्रहरुको डिजिटलाइजेसन जस्ता महत्वपुर्ण कामहरु आफुले आगामी आर्थिक बर्ष भित्रै सम्पन्न गरी सक्ने बताइन ।