चलचित्र संघद्वारा इटहरीमा भवन शिलान्यास

चलचित्र संघद्वारा इटहरीमा भवन शिलान्यास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | नेपाल चलचित्र संघले आफ्नो शाखालाई बलियो रुप दिन प्रदेश नम्बर १ इटहरीमा भवन शिलान्यास गरेको छ | संघले २० बर्ष अगाडी किनेको १ कट्ठा जग्गामा वर्तमान अध्यक्ष प्रदिपकुमार उदय र पुर्व अध्यक्ष राजकुमार पोखरेल र  पूर्वाञ्चल सभापति चैतन्य बराल लगायतले संयूक्त रुपमा स्वस्तीनो ईन्द्रो भन्दै मन्त्र जप गरेका थिए ।

अध्यक्ष प्रदीप उदयका अनुसार, ५० लाखको लागतमा १ बर्षभित्र संघको २ तल्ले भवन निर्माण हुनेछ । चलचित्र संघका अध्यक्ष प्रदीप उदयले पूर्वाञ्चल क्षेत्रमा रहेका आफ्ना सदस्यहरुलाई प्रोत्साहन गर्ने तथा संघलाई अझ बलियो बनाउनका लागि संघको उक्त एक कठ्ठा जग्गामा भवन निर्माण गर्न लागेको बताए । साथै, संघको पूर्वाञ्चल भेलाले नेपाल चलचित्र संघको वृहतर हितमा एक भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ ।