तिहार प्लान: पाए त सिने क्षेत्रका सबैलाई भाई-टिका लगाउँन मन छ !

तिहार प्लान: पाए त सिने क्षेत्रका सबैलाई भाई-टिका लगाउँन मन छ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हिन्दु नेपालीहरुको दोस्रो ठुलो चाड तिहार आउँन अब केहि दिन मात्र बाँकी छ । आम सर्वसाधारणले झैँ नेपाली हिन्दु सेलेब्रेटीले पनि तिहारलाई विशेष रुपमा मनाउने गर्दछन । सेलेब्रेटीले यति बेला २०७४ को तिहार कसरी मनाउने भनेर प्लान गरिसकेका छन् ।

गएका वर्ष भाई-टिका लगाउदै नीता

यसै विच अभिनेत्रीबाट निर्मात्री बनेकी नीता ढुंगानासँग हामीले तिहार प्लान बारे केहि प्रश्न सोधेका छौ । यसपालीको तिहार काठमाडौँमा मनाउने सोच बनाएकी नीताले यो तिहारमा के के गर्दैछिन् त ?

तिहारको प्लान के छ ?

अ… यसपाली त्यस्तो त केहि छैन । सधै झैँ लक्ष्मी पुजा गर्ने, तास खेल्ने, भाई-टिका लगाउने रमाइलो गर्ने ।

टिका लगाउने दाजु-भाई कति ?

दाजु-भाई दुई जना । दाजु विदेश हुनुहुन्छ । एउटा भाई छ, अनि दाईको छोरा छ, सानो ‘भदा’ उनीहरुसँगै लगाउँछु टिका ।

देउसी-भैलो खेल्ने की नखेल्ने ?

यस पटक नखेल्ने । खेल्न छोडेकै २-३ वर्ष भैसक्यो । पहिले त एकदमै खेल्थे । अहिले काममा व्यस्त, साथीभाईको सर्कल नभएकोले नखेल्ने ।

तिहारको बिर्सनै नसकिने पल ?

एक पटक काम विशेषले तिहारमा म घर जान पाइन् । दाजु विदेशमै हुनु हुन्थ्यो । काठमाडौँमा तिहारको दिन एक्लै हुँदा मन खिन्न भयो । र, म दिन भर दाजु-भाईलाई सम्झदै रोएर बसेकी थिए । त्यो पल म बिर्सन सक्दिन ।

 तिहार राम्रो र नराम्रो पक्ष ?

सबै राम्रो पक्ष, केहि छैन नराम्रो ।

 फिल्म क्षेत्रमा भाइ-टिका लगाउँन मन लागेको कोहि छ ?

सबैलाई दाई-भाई भनेरै सम्बोधन गर्छु । पाए त सबैसँग भाई-टिका लगाउँन मन छ । एक जना मात्र भन्ने चै छैन ।

 तिहारलाई कस्तो पर्वको रुपमा लिनु हुन्छ ?

तिहार हाम्रो दशैं पछाडीको महान चाड हो । मलाई त दशैं भन्दा तिहारनै धेरै मन पर्छ । तिहार भन्न बितिकै मेरो मनमा ‘पोजेटिभ भाइब्स’ आउँछ । पुजाआजा गर्ने, साथीसंगीहरु देउसी-भैलो खेलेर रमाइलो गर्ने, घर-बजार झिलिमिली हुने, जनावर देखि दाजु-भाईको पनि पुजा गर्न पाईने हुनाले तिहार एक किसिमको आत्मियता बढाउने रमाइलो पर्व हो ।

रंगोली बनाउदै नीता