अनुभवको ‘नाई नभन्नू ल ५’ ट्रेलर रिलिज

अनुभवको ‘नाई नभन्नू ल ५’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भाद्र ८ गते रिलीज हुने सिनेमा ‘नाई नभन्नू ल ५’ को आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कलाकार स्वस्तीमा खड्का, केकी अधिकारी, प्रियंका कार्की, निरुता सिंह, दिलिप रायमाझी, अभिषेक नेपाल र बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मालाई फिचर्ड गरिएको छ ।

‘नाई नभन्नू ल’ सिरिजमा इमोसनल स्टोरी र बलियो संगीत पक्षलाई दर्शकले मन पराउँदै आएका छन् । यो श्रृङखलामा पनि पारिवारिक कथा र सम्पूर्ण दर्शकलाई बाँध्न सक्ने संगीत रहेको निर्देशक विकाश आचार्यले बताए । हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र बिष्णुमणि दाहाल हुन् ।

विकाश आचार्यले निर्देशन गरेको सिनेमाबाट अभिषेक नेपाल र बालकलाकार सेड्रिना शर्माले नेपाली सिनेमामा डेव्यु गर्दैछन् ।भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । वान टाइम सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।