अमेरिकामा हुने ‘म्युजीक फेस्टिभल’मा अञ्जुले गाउँने

अमेरिकामा हुने ‘म्युजीक फेस्टिभल’मा अञ्जुले गाउँने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – पहिलो पटक अमेरिकामा म्युजीक फेस्टिभल २०१८ हुने भएको छ । सनफ्रान्सिको स्थित जुलाई १४ अर्थात असार ३० मा ओकल्याण्ड मेट्रो ओपेरा हाउसमा हुने फेस्टिभलमा नेपालकी चर्चित गायिका अञ्जु पन्त, गायक राजु लामाको साथमा द एक्स ब्याण्डले प्रस्तुती दिने आयोजक संस्था हिमालयन फाउन्डेशनका अध्यक्ष यज्ञलाल श्रेष्ठले बताए ।

पोखरामा कराँते प्रशिक्षण भवन निर्माणार्थ सहयोग जुटाउने उद्धेश्यले यो फेस्टिभल आयोजना गर्न लागीएको हो । श्रेष्ठ लामो समय देखि अमेरिकामा बस्दै आएका छन् । समाजसेवा गर्ने हेतुले आफुले २००६ देखि हिमालयन फाउन्डेशन स्थापना गरेको बताउँछन् । फाउन्डेशनले अमेरिका शहरहरुमा च्यारिटी शो गरी संकलन गरेको रकम नेपालका बिभिन्न स्थानमा स्कुल पुननिर्माण, लाइब्रेरी निर्माण, भुकम्पपीडित तथा असहायलाई सहयोग गर्ने गरेको छ ।

उनले भने, ‘पोखरामा कराँते प्रशिक्षण भवन पुरा हुनै लागेको छ । जसको लागी केही रकम अभाव भएकोले हामी सवै लागी परेका छौ’, । ’ म्युजीक फेस्टिभव आयोजना बारे यज्ञलाल भन्छन्, ‘जहां रहे पनि आफ्नो मातृभूमिका लागि केही गरौं भन्ने उद्धेश्यले प्रेरित छु । सबैको साथ पाउने आश राखेको छु ।’ फेस्टिभल आयोजनामा हिमालय फाउन्डेशनलाई एसबाबु प्रोडक्शनले साथ दिएको छ । केही समयदेखि अमेरिका भ्रमणमा रहेकी अन्जुले कन्सर्टमा आफ्ना दर्जन बढी चर्चित गीत गाउने छिन् ।