भारी पर्यो अनिल र अर्जुनलाई बिग बजेट

भारी पर्यो अनिल र अर्जुनलाई बिग बजेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा ‘मुबारंका’ले क्रिटिक्स र दर्शकबाट राम्रै प्रतिक्रिया पायो । तर, अर्जुन कपूर र अनिल कपूर स्टारर सिनेमाले लगानी सुरक्षित गर्न असफल भएको छ । प्रदर्शनको पहिलो साता मध्यम व्यापार गरेको सिनेमाको दोस्रो साताको कमाई पनि राम्रो छ ।

दोस्रो सातामा शाहरुख खान अनुष्का शर्मा स्टारर ‘जब ह्यारी मिट सेजल’लाई दर्शकले नरुचाएपछी सिनेमाको कलेक्सन दयनीय रह्यो । र, यसको फाइदा ‘मुबारंका’ले उठायो । तर, पनि ‘मुबारंका’को ठुलो लगानीका कारण निर्माताको गोजी भर्न सकेन ।

अनिस बज्मी निर्देशित सिनेमा ७० करोडको बजेटमा निर्माण भएको हो । सिनेमाले २ सातामा घरेलु बक्सअफिसमा ४७.२५ करोडको व्यापार गरेको छ । तेस्रो सातामा सिनेमाले अक्षय कुमारको ‘ट्वाइलेट-एक प्रेम कथा’सँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।