तीन युवाको यौन मनोविज्ञान, ‘मिस्टर भर्जिन’ टिजर रिलिज

तीन युवाको यौन मनोविज्ञान, ‘मिस्टर भर्जिन’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भाद्र १ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा मिस्टर भर्जिनको टिजर रिलिज गरिएको छ । बिशारद वस्नेतको निर्देशनमा निर्माण भएको सिनेमामा गौरव पहाडी, विजय बराल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, कमलमणी नेपाल, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकार मुख्य भुमिका रहेको छ ।

तीन युवाको मनोविज्ञानको कथालाई सिनेमामा देखाउन खोजीएको छ । वोल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्युसन प्रालीको व्यानरमा निर्माण भएको सिनेमालाई खिलेन्द्र तिमल्सिना, प्रजापति सिवनकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको सिनेमाका सहनिर्माता सन्दिप उप्रेती हुन् ।

मिस्टर भर्जिनमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँरबो कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, मिस्टर आर जे, मिस्टर प्रिन्सको संगीत रहेको सिनेमालाई मिलन डी काप्रीको सम्पादन रहेको छ ।