हङकङसँगै यी देशहरुमा प्रिमियर हुनेछ ‘मिस्टर झोले’

हङकङसँगै यी देशहरुमा प्रिमियर हुनेछ ‘मिस्टर झोले’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पुष २८ बाट अलनेपाल प्रदर्शनमा आउन लागेको सिनेमा ‘मिस्टर झोले’ आगामी आइतबार (जनवरी १४)मा हङकङ प्रिमियर हुदैछ ।

यसका अलावा सिनेमा बिभिन्न डेटमा जापान र अस्ट्रेलियामा पनि प्रिमियर हुने भएको छ । नेपाल रिलिजको भोलिपल्ट जनवरी १३ तारिखमा अस्ट्रेलियाको सिड्नी, जनवरीमा २१ मा जापान र जनवरी २८,२९ मा अस्ट्रेलियाको मेलबर्नमा सिनेमा प्रिमियर हुनेछ ।

हङकङ प्रिमियरमा निर्देशक रामबाबू गुरुङ सहित कलाकार दयाहाङ राई र दीया पुन उपस्थित हुनेछन् । भने, मेलबर्न प्रिमियरमा बर्षा राउतले रेड कार्पेट नाप्नेछिन् । सिनेमाको भोलि शुक्रबार राजधानीको कुमारी हलमा प्रेसशो हुदैछ ।

रामबाबू गुरुङ निर्देशित सिनेमामा दया र दीयाका अलावा वर्षा राउत, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

सिड्नी प्रिमियर-

हङकङ प्रिमियर-

जापान प्रिमियर-

मेलबर्न प्रिमियर-