‘मिस्टर झोले’को कमेडी ट्रेलर सार्वजनिक

‘मिस्टर झोले’को कमेडी ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित सिनेमा ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब चार वर्ष अगाडी प्रदर्शनमा आएको सिनेमा ‘झोले’को सिक्वेलको रुपमा यो सिनेमा निर्माण गरेको निर्माता टेकेन खड्काले जानकारी दिए ।

कमेडी जानराको सिनेमामा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्दी तामाङ, पुष्कर गुरुङ, प्रविन खतिवडा, विजय बराल, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ । पुष २८ गते प्रदर्शन हुने सिनेमाको यसअघिनै ‘ओखती’ गीत सार्वजनिक भैसकेको छ । जुन गीतको लागि निर्माण टिमले कभर भिडियो प्रतियोगिता पनि आव्हान गरिसकेको छ ।

रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा/सुजेन कार्कीको संगीत, विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको ‘एक्जीक्युटिभ प्रोड्युसर’मा रौनकविक्रम कँडेल र सहनिर्माताहरुमा ओम चन्द रौनियार, अर्जुन कार्की, मनिराम पोखरेल रहेका छन् ।