मिलन चाम्सको ‘लिलिबिली’मा शिल्पा अनुबन्धित !

मिलन चाम्सको ‘लिलिबिली’मा शिल्पा अनुबन्धित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । निर्देशक मिलन चाम्स यतिबेला पोखरामा बायोपिक ‘बबी’ निर्देशन गरिरहेका छन् । तर, ‘बबी’ छायाँकताका नै नयाँ सिनेमाको घोषणा समेत गरेका छन् ।

चाम्सले निर्देशन गर्ने सिनेमाको नाम अहिलेलाई ‘लिलिबिली’ जुराईएको छ । बेलायतको लन्डन र स्कटल्याण्डमा छायाँकन गरिने सिनेमाको लागि निर्देशकले अफिसियल टाइटल छिट्टै नै घोषणा गर्ने बताएका छन् । मार्भल स्टुडियोको ‘डक्टर स्ट्रेन्ज’मा अभिनय गरिसकेकी शिल्पा मास्के सिनेमाको लागि अनुबन्धित भैसकेकी छन् । र, अन्य दुई महिला/पुरुष नव- कलाकार निर्देशकले खोजिरहेका छन् । इच्छुक व्यक्तिले   निर्देशकसँग सम्पर्क गर्न सक्नेछन् ।

‘फिल्म त्रिकोणात्मक प्रेमकथा नै हो’ चाम्सले भने, ‘दर्शकले यसमाथि इन्जोय गर्न सक्नुहुन्छ ।’ उनले यसअघि पुरै छायांकन लन्डनमा भएको ह्याप्पी डेजलाई पनि यस्तै जानरामा प्रस्तुत गरेका थिए ।

चाम्स इन्टरटेनमेन्ट, गोविन्द शाहीको काफिया फिल्मस र हालै कारखाना निर्माण गरेका सुदीप खड्काको टाइम्स इन्टरटेनमेन्टसँग मिलेर निर्माण गर्न लागिएको सिनेमाको लगानी साढे २ करोड तय गरिएको छ ।