विहे गर्दा कस्ता देखिए सौगात र वर्षा ? (भिडियो)

विहे गर्दा कस्ता देखिए सौगात र वर्षा ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ अभिनेता सौगात मल्ल र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिएका छन् । तर, वर्षा र सौगातको विहे रियलमा नभएर रिलमा भएको हो ।

रोज राणा निर्देशित सिनेमा ‘मेरी पैसा खोई’को रिल भित्र वर्षा र सौगातलाई श्रीमान-श्रीमतीको रुपमा देख्न सकिन्छ । निर्माण टिमले सिनेमाको पहिलो गीत सार्वजनिक गरेको छ । सिनेमा भित्रका यी दुई मुख्य कलाकारको विहे उक्त गीतबाट प्रस्तुत गरिएको छ । गीतमा छुल्ठिम गुरुङ र बुद्दी तामाङ पनि फिचरिङ छन् ।

दयाराम पाण्डेको शब्द सृजना रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । हरिघले लामाको कोरियोग्राफी समावेश गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर छ ।

असोज ११ गते रिलिज हुने सिनेमाको निर्माता उमा केसी हुन् । भने, सहनिर्मातामा रुपक राणा र रुपम राणा छन् । कमेडी जनराको ‘मेरो पैसा खोई’मा सौगात, वर्षा, बुद्दी, छुल्ठिमका अलावा सागर तिवारी, रविन तामाङ, कमलमणि नेपाल, धुर्व कोइराला लगायतका कलाकारको अभिनय छ ।