बाल मनोविज्ञानमा आधारित ‘मेरी मामु’ ट्रेलर सार्वजनिक

बाल मनोविज्ञानमा आधारित ‘मेरी मामु’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – भाद्र १५ गतेबाट रिलिज हुने सिनेमा मेरी मामुको ट्रेलर सार्वजनिक गरिएको छ । बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको सिनेमा एक बालक र उसको परिवारको वरिपरी मेरी मामुको कथा घुमेको छ ।

आशुषेन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निर्माता सन्तोष सेनका ७ बर्षिय छोरा आयुब सेनलाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । सन्तोष सेनले निमार्ण गरेको सिनेमामा यम थापाको लेखन तथा निर्देशन रहेको छ ।

सिनेमामा आयुब सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङको मुख्य भूमिका छ । बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, विक्रम लामा र एन्जिला श्रेष्ठको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन छ ।

सिनेमाको ट्रेलरमा मुख्य कलाकार आयुब, सारुक, अश्लेषा, कुसुम र आयुबलाई फोकस गरिएको छ । बाबु(आमाको झगडाले एउटा बालकको दिमागमा पर्न सक्ने असरलाई चलचित्रले उठान गरेको छ ।