चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर सार्वजनिक

चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

यूएइमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कुसुम’को अडियो र ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ३ गीत समावेश अडियो र एक्सनले भरिएको ट्रेलर रिलिज गरिएको हो ।  टंक बुढोथोकीको संगीत रहेको यो चलचित्रमा ‘म त बदलिए, मेरो भागको खुशी, सहिछाप गरि दिउ“ कि’ लगायतका गीतहरु समावेश छन् ।कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार मोहन बोगटीले आफूलाई सानैदेखि कलाकारितामा लाग्ने चाहना भएको बताए । उनले भने–‘प्रेम, संगीत र एक्सनले भरिएको चलचित्र निर्माण गरेका छौ । दर्शकका लागि ‘मेरी कुसुम’ एउटा सम्पूर्ण प्याकेजले भरिएको चलचित्र हो । यस्तै, नायिका हर्षिका श्रेष्ठले चलचित्रको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाले पनि यसमा काम गरेको सुनाइन् ।  यो चलचित्रलाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन छ । चलचित्रकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कु“वर यसका सह–निर्माता हुन् ।