मेघनाको नयाँ सिनेमामा दीपिका फाइनल

मेघनाको नयाँ सिनेमामा दीपिका फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – वर्ष २०१८ को सुपरहिट सिनेमा पद्यावतको रिलिज पश्चात अभिनेत्री दीपिका पादुकोणले काम गर्ने नयाँ सिनेमाको टुङ्गो लागेको छ । उनले राजी निर्देशक मेघना गुलजारको नयाँ सिनेमामा काम गर्ने पक्का भएको छ । मेघनाको निमार्ण तथा निर्देशन रहने सिनेमाको नाम अहिले सम्म फाइनल नभएको बलिउड मिडियाले समाचार सम्प्रेषण गरेका छन् ।

दीपिकाले काम गर्ने सिनेमाको कथा एसिड पिडित लक्ष्मी अग्रवालको जीवनमा आधारित हुनेछ । यो सिनेमाको कथा दीपिकालाई अत्यन्तै मन परेकाले काम गर्न लागेको उनको भनाई रहेको छ । एउटा एसिड पिडित महिलाको साहस र उसको जीतको कहानीको वरिपरि सिनेको कथा घुम्ने छ ।

एउटा सामान्य घरकी लक्ष्मी एसिड आक्रमण पश्चात उनले गरेको संघर्ष समाजका अन्य मानिसको लागी प्रेरणा दायिक भएकाले पनि सिनेमा निर्माणको लागी आफुले उक्त कथा रोजेको मेघनाको भनाई रहेको छ ।