BO Clash: ‘गोल्ड’ भर्सेज ‘मनिकर्निका’ भर्सेज ‘सुइधागा’ ?

BO Clash: ‘गोल्ड’ भर्सेज ‘मनिकर्निका’ भर्सेज ‘सुइधागा’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कंगना रनाउत स्टारर सिनेमा ‘मनिकर्निका’ बक्स अफिसमा प्रतिक्षित छ । पछिल्लो समय बलिउडमा पिरियड ड्रामाले दर्शकको ध्यान खिचेको समयमा ‘मनिकर्निका’लाई विशेष रुपमा हेरिएको छ ।

गत वर्ष मेबाट छायाँकनमा गएको सिनेमा अहिले पोस्टप्रोडक्सनमा छ । सुटिंगताका तय गरिएको रिलिज डेट २७ अप्रिलमा सिनेमामा रिलिज हुन् सकेन । कारण थियो सिनेमाको लामो छायाँकन । यसबीचमा सिनेमा भारत स्वतन्त्रता दिवस १५ अगस्तमा रिलिज हुने हल्लाहरु आए । जुन डेटमा अक्षय कुमार ‘गोल्ड’ आउने पक्का छ ।

के अब बक्स अफिसमा यो महाभिडन्त होला त ? ‘मनिकर्निका’को बारेमा निर्माण पक्षबाट आधिकारिक रिलिज घोषणा भैसकेको छैन । तर, रिपोर्टका अनुसार यसका निर्देशक कृषले ‘गोल्ड’सँग  सिनेमा नजुधाउने भएका छन् । यसको मुख्य कारण सिनेमाको पोस्टप्रोडक्सन बताएको छ । स्वतन्त्रता दिवससम्म सिनेमाको भिएफएक्सको काम नसकिने भएपछि ‘गोल्ड’सँगको महासंग्राम टरेको छ ।

तर, यसले बरुण धवन र अनुष्कालाई असर गर्ने भएको छ । ‘मनिकर्निका’ निर्देशक २८ सेप्टेम्बरमा सिनेमा रिलिज गर्न चाहन्छन् । जुन डेट मा बरुण र अनुष्काको ‘सुइधागा’ रिलिजको लागि तयार छ । यदि ‘मनिकर्निका’ सेप्टेम्बर २८ को डेटमा रिलिज भयो भने ‘सुइधागा’लाई बक्स अफिसमा ठुलो धक्का लाग्न सक्छ ।

रानी लक्ष्मीबाइको जीवनीमा आधारित ‘मनिकर्निका’को पटकथा ‘बाहुबली’ र ‘बजरंगी भाइजान’ लेखेका केभी विजयेन्द्र प्रसादले प्रसून जोशीसँग मिलेर लेखेका हुन् । कंगनाको शिर्ष रोल रहेको सिनेमामा जिस्शु सेनगुप्ता, अंकिता लोखंडे, अतुल कुलकर्नि, सोनु सुध लगायतका कलाकारको अभिनय छ ।