‘मङ्गलम’ सर्दा ‘कान्छी’लाई कति फाईदा ?

‘मङ्गलम’ सर्दा ‘कान्छी’लाई कति फाईदा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन ४ बाट ‘मङ्गलम’ले रिलिज टार्गेट सार्दा ‘कान्छी’लाई फाईदा पुगेको छ । अब यो मितिमा ‘कान्छी’ सोलो रिलिज हुनेछ । उसो त यो मितिमा बलिउड र हलिउडका कुनै पनि ठुला सिनेमा छैनन् । त्यसैले ‘कान्छी’ले एकल देखि मल्टीप्लेक्समा पनि राम्रै स्थान पाउने सम्भावना देखिएको छ ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ले यसअघि माघ २६ लाई रिलिज टार्गेट गरेको थियो । तर, उक्त मितिमा अनमोल केसीको ‘कृ’ आउने भएपछी ‘कान्छी’ले आफुलाई एक साता पछाडी धकेलेको थियो ।

त्यस्तै नवल नेपाल निर्देशित ‘मङ्गलम’ले असोज ११ को डेट सारेर फागुन ४ मा ल्याएको थियो । अब सिनेमा फागुन २५ मा पुगेको छ ।

‘कान्छी’मा दयाहाङ राई, श्वेता खड्का, प्रज्वलसुजल गिरी, कामेश्वर चौरसिया, भूमिका श्रेष्ठ, अनु शाह, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ । सिनेमालाई श्वेता खड्काले निर्माण गरेकी हुन् ।

त्यस्तै ‘मङ्गलम’मा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रशाई, निर शाह र मिथिला शर्माको मुख्य भूमिका छ । सिनेमालाई छविराज ओझाले निर्माण गरेका हुन् ।