एउटै घरभित्र छायांकन गरिएको ‘मन्दिरा’को गीत सार्वजनिक (भिडियो)

एउटै घरभित्र छायांकन गरिएको ‘मन्दिरा’को गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार २३ गतेलाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘मन्दिरा’को गीत सार्वजनिक गरिएको छ । ‘सम्हालु कसरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकारहरु फिचरिङ छन् ।

देवकोइमी राईको संगीतमा निर्माण गीतमा अन्जली राई र संगीतकार स्वयम्को स्वर समावेश छ । सिनेमा पारिवारिक कथामा तयार भएको निर्देशक दीपेश सापकोटाले बताए । ‘यो काठमाण्डौको परिवेशमा घुमेको कथा हो । श्रीमान्–श्रीमतिको झगडापछि घरमा तेश्रो व्यक्तिको प्रवेश कसरी हुन्छ र त्यसले समस्या निम्त्याउ“छ भन्ने कथालाई सिनेमामा प्रस्तुत गरिएको छ ।’

भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण भएको यो सिनेमाका प्रस्तुतकर्ता हरि भट्ट हुन् । करुन अर्याल र उज्वल अर्याल निर्माता रहेको सिनेमाका सह–निर्माता सन्तोष सेढाई हुन् । सिनेमा पुरै छायांकन एउटै घरभित्र गरिएको निर्माण पक्षले बताएको छ ।

सिनेमामा नरेन खड्का, जेवीडीसी, प्रवण भुषाल, लक्ष्मी बस्नेत, राजन सुवेदी, संझना श्रीपाली, राजन ढुंगानाको साथमा नव–कलाकारद्धय विनि पोखरेली र विनिता ओलीको मुख्य भूमिका छ ।