च्यारिटी शोमा ‘मालिका’लाई उत्कृष्ट प्रतिक्रिया !

च्यारिटी शोमा ‘मालिका’लाई उत्कृष्ट प्रतिक्रिया !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘मालिका’को बुधबार काठमाडौंमा च्यारिटी शोको आयोजना गरिएको थियो । जोन्टा क्लबले आयोजना गरेको च्यारिटी शोमा सिनेमाकर्मी, समाजसेवी, महिला अधिकारकर्मी, समहित्यकार र पत्रकारहरुको बाक्लो उपस्थीती रहेको थियो । करिब ४ जनाको उपस्थीती रहेको च्यारिटी शोमा सिनेमाका हेरेका दर्शकले मालिकालाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

बालविवाह र महिला हिँसाका घटनाहरुलाई प्रस्तुत गरेको सिनेमाले समाजमा परिवर्तन ल्याउने सिनेमा हेरेका दर्शको प्रतिक्रिया रहेको थियो । जोन्टा क्लबकी अध्यक्ष मीरा ज्योति लगायातका थुप्रै अधिकारकर्मीले मालिका अत्याधिक रुचाए । ‘मालिका’ जस्तो सिनेमा देशभरका नेपाली हेर्नु पर्ने उनीहरुको तर्क थियो । देशमा भैरहेका महिला हिँसाका चरम घटना सिनेमामा समावेश गरेको भन्दै निर्देशक रअभिनेत्री रेखा थापालाई अधिकारकर्मी, साहित्यकार, सिनेमाकर्मी र पत्रकारले बधाई दिए ।उता सिनेमा क्षेत्रको प्रतिनिधित्व गर्दै ‘मालिका’ पुगेका करिश्मा र ऋचाले पनि सिनेमा एकदम राम्रो बनेको प्रतिक्रिया दिए । सिनेमालाई उठाएको विषय वस्तु एकदम बलियो रहेको दुवैको तर्क थियो । सिनेमामा अभिनेत्री रेखा थापासँगै जाजरकोटी चौध वर्षिय किशोरी कमल वलीको मुख्य भूमिका छ । सरस्वती थापाले निर्माण गरेको सिनेमाका कार्यकारी निर्माता नर कार्की हुन्।