पुर्पक्षका लागि माधव वाग्लेसहित तीन जना जेल चलान

पुर्पक्षका लागि माधव वाग्लेसहित तीन जना जेल चलान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नक्कली नोट प्रकरणमा प्रहरी हिरासतमा रहेका निर्माता माधव वाग्ले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

वाग्लेसँगै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ । जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश शिवशंकर खनालको एकल इजलासले यस्तो आदेश दिएको हो । मुद्दाको अन्तिम फैसला नहुञ्जेलसम्म वाग्ले जेलमै रहनेछन् । भने प्रेस संचालक एकलाख धरौटी र मध्यस्थता गर्ने प्रकाश सुवेदी साधारण तारेखमा रिहा भएका छन् ।

करिब १ महिना अगाडी साढे २ करोड बढी नक्कली नोट प्रकरणमा ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिएको थियो तर, सबैमा थिएन ।