पल र पुजाको केमेस्ट्रीको चौतर्फी चर्चा, सकारात्मक कमेन्टको वर्षा

पल र पुजाको केमेस्ट्रीको चौतर्फी चर्चा, सकारात्मक कमेन्टको वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्माको जोडी पछिल्लो समय चर्चामा छ । कारण फिल्म ‘म यस्तो गीत गाउँछु’मा सुहाएको केमेस्ट्री । आइतबार युट्युबमा ‘भन्छु आज’ बोलको गीत सार्वजनिक भएसंगै फिल्मको पनि चर्चा चुलिएको छ ।

गीतलाई यो सामाग्री तयार पार्दासम्म ३ लाख ७१ हजार भन्दा धेरै पटक हेरीएको छ । शतप्रतिशत सकारात्मक प्रतिक्रियाका साथ फिल्मको गीत अहिले युट्युब ट्रेन्डिङको नम्बर ४ मा उक्लिएको छ । गीतमा लाइक र कमेन्टको वर्षा भएको छ । भ्युअरले पल र पुजाको केमेस्ट्री, लोकेशन, छायांकन, कोरियोग्राफी, मेकअप, र शब्द संगीतको खुलेर तारिफ गरेका छन् ।

अप्पर मुस्ताङमा छायांकन गरिएको गीतको लोकेशनलाई अत्यधिक रुचाइएको छ । संजय लामाले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । त्यस्तै गीतमा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् । अर्जुन पोखरेलको संगीत समावेश गीतमा निर्देशक सुदर्शन थापाको शब्द छ ।

गीतको हाइपसंगै असार ३० मा प्रदर्शन हुने फिल्म प्रतिक्षित बनेको छ ।

युट्युबमा बर्षीएका केहि कमेन्ट:-

यस्तो छ गीत:-