अर्जुनको ‘म यस्तो गीत गाउँछु’ आसामीमा कपि, संगीतकारद्वारा आपत्ति !

अर्जुनको ‘म यस्तो गीत गाउँछु’ आसामीमा कपि, संगीतकारद्वारा आपत्ति !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखरेलको गीत आसामी भाषामा कपि भएको छ । सिनेमा ‘प्रेमगीत’मा समावेश ‘म यस्तो गीत गाउँछु…’ बोलको गीतलाई आसामी भाषामा गाएर युट्युब च्यानल भृगु कश्यपबाट अपलोड गरिएको छ ।

‘नोई नोई…’ बोलको गीतको युट्युब टाइटलमा ‘ट्रान्सलेसन कभर फ्रम नेपाली सङ’ मात्र लेखिएको छ । यो गीत सम्वन्धि कुनै पनि स्रष्टाको नाम उल्लेख गरिएको छैन । युट्युब इन्फर्मेसन बक्समा रियल संगीतकार अर्जुन पोखरेलको नाम समेत उल्लेख गरिएको छैन ।

यसै विषयमा संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएको आपत्ती जनाएका छन् । म अन्र्तराष्टिय रुपमै मुद्धा हाल्छु, संगीतकार पोखरेल भन्छन् । यसरी कुनै पनि नेपाली गीतको कभर भिडियो बनेको पहिलो पटक हो ।

२ वर्ष अगाडी युट्युबमा रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ले नेपाली सिने संगीतमा कालजयी गीतको उपमा पाएको छ ।

‘म यस्तो गीत गाउँछु’ गीत

‘नोई नोई…’ गीत

https://youtu.be/mxRwIPw7Y0U