चर्चामा ‘म यस्तो गीत गाउँछु’

चर्चामा ‘म यस्तो गीत गाउँछु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘भन्छु’ आज बोलको गीत अहिले सांगीतिक बजारमा चर्चामा रहेको गीत हो । छोटो समयमै लोकप्रियता कमाउन सफल यो गीतले सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।

युट्युबमा सार्वजनिक भएको एक साता नपुग्दै यो गीतलाई करिब १२ लाखको नजिक हेरिएको छ । युट्युबमा १७ हजार बढी लाइक पाउदा यो गीतलाई एक हजार बढीले मात्र ‘डीसलाइक’ गरेका छन् । भिडियोमा आएका २७ सय बढी कमेन्ट सकारात्मक छन् । अहिले गीत युट्युब ट्रेन्डिङको नम्बर १० मा छ ।

यो गीतको शब्द/संगीत, लोकेशन, छायांकन र पल/पुजाको केमेट्रीलाई अत्याधिक रुचाइएको छ । निर्देशक सुदर्शन थापाको शब्दमा अर्जुन पोखरेलको तयार गरेको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर समावेश छ । संजय लामाको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

निर्देशक तथा निर्माता थापाले भने–‘हामीले सार्वजनिक गरेको फिल्मको पहिलो गीतलाई नै दर्शकले यती धेरै रुचाइदिनुभयो । अझ, यो भन्दा उत्कृष्ट गीतसंगीत हामी क्रमशः सार्वजनिक गर्नेछौ ।’
असार ३० गतेबाट देशभरका हलमा रिलिज हुन लागेको यो फिल्ममा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।