कस्तो बन्यो ‘ल्याङ ल्याङ’को ओर्जिनल भिडियो ?

कस्तो बन्यो ‘ल्याङ ल्याङ’को ओर्जिनल भिडियो ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘रोमियो’मा समावेश ‘ल्याङ ल्याङ’ गीतको भिडियो सार्वजनिक भएको छ । यसअघि रिलिज गरिएको लिरिकल गीत हिट भएपछी निर्माण टिमले भव्य सेटमा खिचिएको भिडियो सार्वजनिक गरेको हो ।

गीतमा अशिष्मा नकर्मी, सन्जोग कोइराला, हसनरजा खान र ओसिमा बुनु लगायतका कलाकार फिचरिङ छन् । सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर रहेको गीतमा सुनिल पाण्डेकै संगीत छ । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।

शंकर कार्कीले निर्देशन गरेको ‘रोमियो’मा हसनरजा, ओशिमाका अलावा मेलिना मानन्धर, निशा अधिकारी, भानु प्रताप लगायतका कलाकारको अभिनय छ । यसअघि कार्तिक १७ को मितिमा रिलिज गरिने भनिएको सिनेमालाई एक साता पछी सारिएको छ । अब सिनेमा कार्तिक २४ गते रिलिज हुनेछ ।