प्रदीपको ‘लभ स्टेसन’ अफिसियल घोषणा

प्रदीपको ‘लभ स्टेसन’ अफिसियल घोषणा

द सिनेमा टाइम्स
0
Shares

द टाइम्स, काठमाडौँ – युवास्टार प्रदीप खड्काको मुख्य भूमिका रहने सिनेमा ‘लभ स्टेसन’को अफिसियल घोषणा गरिएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै सिनेमाको अफिसियल जानकारी दिइयो ।

उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमाका लागि कलाकारका रुपमा प्रदीप मात्र फाइनल भएका छन् । अभिनेत्री भने खोजी कार्य जारी छ । सिनेमा दुई अभिनेत्री हुनेछन । नयाँ-पुराना मध्ये जो पनि  हुन सक्ने प्रेसमिटमा बताइयो ।

सुवास सिंह बस्नेतको लेखन रहने सिनेमाको स्क्रिप्टिङको काम भैरहेको छ । भदौ अन्तिम या त अशोजदेखि छायाँकनमा जाने ‘लभ स्टेसन’को लागि फागुन २४ रिलिज डेट लक गरिएको छ ।

काफिया फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमामा गोविन्द शाही, उज्जल घिमिरे र क्रिशु शाही (काफिया) निर्माताका रुपमा छन् । ‘लभ स्टेसन’ घोषणा कार्यक्रममा ‘लिलिबिली’को ५१ दिने केक पनि काटिएको थियो ।