दार्जिलिङपछि काठमाडौंमा ‘लभ स्टेशन’, तिहार अघि नै छायांकन सकिने !

दार्जिलिङपछि काठमाडौंमा ‘लभ स्टेशन’, तिहार अघि नै छायांकन सकिने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप खडका र जसिता गुरुङ अभिनित नयाँ सिनेमा ‘लभ स्टेशन’को यतीबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो सिनेमाको दुई ओटा गीत बाहेकको बाँकी छायाँकन तिहार अघि नै काठमाडौंमा सक्ने लक्ष्य सहित काम भैरहेको निर्माण टिमले जनाएको छ ।

दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिसत छायाँकन सकेर सिनेमा ‘लभ स्टेशन’को युनिट २ दिन अघि काठमाडौं आइपुगेको हो । काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन अहिले धमाधम भईरहेको छ ।तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दैछौं । अब तिहार पछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थान र एउटा गीत जापानमा छायांकन गर्दै सिनेमाको इन्डक्याप गर्नेछौं ।’

यो सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार सिनेमामा ‘लभ स्टेशन’ सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । सिनेमा भित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।सिनेमामा प्रदीप खड्का र जसिता गुरुङका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रश्मी पाण्डे, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ ।

‘लभ स्टेशन’लाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।