‘लभ स्टेशन’मा प्रदीप र जसिताको यस्तो लुक्स !

‘लभ स्टेशन’मा प्रदीप र जसिताको यस्तो लुक्स !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – प्रदीप खड्का र जसिता गुरुङको जोडीलाई पुन एक पटक ‘लभ स्टेशन’मा देख्न पाइने भएको छ । यो सिनेमाको यतीबेला भारतको दार्जिलिङमा धमाधम छायांकन चलिरहेको छ । असोज ११ गतेबाट छायांकन सुरु भएको सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।

सिनेमाका निर्माता गोबिन्द शाहीले भने,‘हामीले दुई ओटा गीत सहित ५० प्रतिशत छायाँकन सकेका छौं । तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं । सिनेमा ‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रश्मी पाण्डे, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय रहेको छ ।‘लभ स्टेसन’को निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । सिनेमा भित्र ‘लभ स्टेशन’ विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले बताए । सिनेमाको कथामा प्रदीप र जसिताको जोडी सुहाएको निर्देशक घिमिरेले सुनाए ।

यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक ‘लभ स्टेशन’ बन्ने बताएका छन् । काम सोचे भन्दा धेरै राम्रो भएको र दार्जिलिङको सुन्दर दृष्यले सिनेमा झनै राम्रो बनेको उनले बताए ।

यो सिनेमाका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । ‘लभ स्टेशन’लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । ‘लभ स्टेशन’को दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा सुटिङ गरिने छ ।