अस्ट्रेलियामा ‘लभ लभ लभ’

अस्ट्रेलियामा ‘लभ लभ लभ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ अब अस्ट्रेलिया प्रदर्शन हुने भएको छ । नेपालमा बैशाख १ गते प्रदर्शनमा आएको फिल्म मे २० अर्थात जेठ ६ मा सिड्नीस्थित इभेन्ट सिनेमासमा प्रदर्शन हुनेछ ।

सिड्नी प्रिमियरका लागि जेष्ठ २ गते नेपालबाट निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे अष्ट्रेलिया प्रस्थान गर्नेछन् । नेपालमा फिल्मले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । शर्मिला पाण्डेको निर्माणमा बनेको यो लभस्टोरी फिल्ममा सुरज पाण्डे, स्वस्तिमा खड्का, रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मबाट राम्रो प्रतिक्रिया पाएसंगै यस फिल्मकी निर्मात्री शर्मिला पाण्डेले दिपेन्द्र के खनालको निर्देशन रहनेगरी सामाजिक कथामा बन्ने नयाँ फिल्मको घोषणासमेत गरिसकेकी छन् ।