दुर्गिस फिल्मसको नयाँ सिनेमा ‘लाउरे’को शुभमुर्हत

दुर्गिस फिल्मसको नयाँ सिनेमा ‘लाउरे’को शुभमुर्हत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दुर्गिस फिल्मस्ले नयाँ सिनेमा घोषणा गरेको छ । सोमबार यो व्यानरले कमलादीस्थित गणेश मन्दिरमा मन्त्र जप्दै ‘लाउरे’को शुभसाइत गर्यो ।

आइतबारबाट सुटिङमा जाने सिनेमाले आफ्नो टिमलाई चिनाउदै सिनेमाको बारेमा जानकारी दिएको छ । ‘लाउरे’मा सृष्टि श्रेष्ठ, विक्रम सिंह, मिरुना मगर, शैलेन्द्र मल्ल, कृषा शाही, नरेन लिम्बु, जेनेटी मेरी लेटर लगायतका कलाकार छनोट भएका छन् ।

निगम श्रेष्ठले निर्देशन गर्ने सिनेमाको पटकथा प्रतीक गुरुङ र नेगेटिभ बुद्ध मिलेर लेखेका हुन् ।आलोक शुक्लाले खिच्ने सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गर्नेछन् । सिनेमा निर्माताको पंक्तीमा सुनिल रावल, ईश्वर श्रेष्ठ, सुभाष लामिछाने, भेसमणी श्रेष्ठ र कार्यकारी निर्मातामा बुद्दीलाई मगर रहेका छन् ।

सिनेमामा जसोन कुँवरको संगीत समावेश हुनेछ । धरानमा खिचिने सिनेमाले लागूऔषध, प्रेम र मित्रताको कथा बोल्ने प्रेसविज्ञप्तीमा जानकारी दिईएको छ ।