‘लप्पन छप्पन २’मा नेदरल्याण्डकी केरोलिन कोलिन्डा अनुबन्धित

‘लप्पन छप्पन २’मा नेदरल्याण्डकी केरोलिन कोलिन्डा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वर्ष २०७३ को अन्तिम महिना चैत्र ११ गते रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’को सिक्वेल बन्ने भएको छ । नेपाली बक्सअफिसमा औषत व्यापार गरेको सिनेमाको सिक्वेल ‘लप्पन छप्पन २’ निर्माण हुने निर्देशक मुकुन्द भट्टले बताए । अहिले सिनेमाको लोकेसन हेर्न युरोप पुगेका उनले त्यहीबाट सिनेमा निर्माण घोषणा गरेका हुन् । सिनेमाको घोषणासँगै सिनेमाको रिलिज डेट समेत घोषणा गरे ।

निर्देशक भट्टका अनुसार यो सिनेमा २०७६ को दशैंको घटस्थापनाको दिन सार्वजनिक प्रदर्शनमा आउने उनको भनाई छ । निर्माण टिमका अनुसार सिनेमामा मुख्य कलाकारको रुपमा सौगात मल्ल, दयाहाङ राई, अपर्ण थापा, रोविन तामाङ कुरा भैसकेको भएता पनि आधिकारीक रुपमा उनीहरुले साइन भने गरिसकेका छैनन् । आफु युरोपबाट नेपाल फर्के लगत्तै कलाकार फाइनल गरिने निर्देशक भट्टले बताए । तर सिनेमाका लागी मुख्य अभिनेत्री भने उनको टिमले फाइनल गरि सकेको छ ।

‘लप्पन छप्पन २’मा मुख्य अभिनेत्रीको रुपमा मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डालाई फाइनल गरिएको छ । गोल्डेन हिल्स पिक्चर्स, चिज कुमार प्रोडक्सन र देवु श्रेष्ठ फिल्मस्को ब्यानरमा निर्माण हुने छायाँकन फाल्गुनबाट सुरु गरिने छ । देवु श्रेष्ठ र सन्जय कुमार महतो कार्यकारी निर्माता रहेको सिनेमामा चिज कुमार श्रेष्ठ र निर्मल कुमार मिश्रको निर्माण तथा राजु लामाको सह निर्माण सिनेमामा रहने छ ।

युरोपका फ्रान्स, बेल्जियम, नेदरल्याण्ड जर्मनी, इटाली, पोल्याण्ड र अष्ट्रेलिया, क्यानडा लगायतका देशमा सिनेमाको छायाँकन गरिने छ । सिनेमामा मुकुन्द भट्ट र विवेक पाण्डेयको कथा, हिमाल केसीको द्धन्द्व, सिमोस तामाङको कोरियोग्रापी, दीपक आरजे र राजेन्द्र भट्टको संगीत रहने छ ।