‘लम्फू’ अमलाको स्वाद जस्तो – निर्देशक गोपालचन्द्र लामिछाने

‘लम्फू’ अमलाको स्वाद जस्तो – निर्देशक गोपालचन्द्र लामिछाने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मोफसल प्रचार यात्रा सकाएर ‘लम्फू’ टिम राजधानी फिरेको छ । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमाले मोफसलका धरान, दमक, हेटौडा, चितवन, पोखरा जस्ता शहरहरुमा प्रेससँग अन्तरक्रिया गर्यो ।

अन्तरक्रिया क्रममा निर्देशक गोपालचन्द्र लामिछानेले ‘लम्फू’ अमलाको स्वाद जस्तो बनेको बताए । ‘मेरो सिनेमा अमलाको स्वाद जस्तो छ । सुरुमा टर्रो, खाँदै जाँदा स्वादिलो ।’ ‘लम्फू’लाई पूर्णतया मौलिकता बोकेको सिनेमा बताउँदै उनले भने ‘राम्रो लागे अँगाली दिनुस, नराम्रो लागे गाली गरिदिनुस ।’

त्यस्तै सिनेमाका मुख्य कलाकार कबिर खड्काले ‘लम्फू’ आफ्नो लागि भाग्य निर्धारक भएको बताए । उनले ‘लम्फू’मा काम गरेदेखि नै आफ्नो परिचय परिवर्तन भएको र अहिले सबैले ‘लम्फू’ भनेर बोलाउदा खुसि लाग्ने पनि बताए । सिनेमा नचले पछी कतै तपाई पनि पलायन हुने त होइन ? भन्ने प्रश्नमा उनले अभिनय बाहेक केहि नसोचेको जानकारी गराए ।

सिनेमाको मोफसल प्रचार यात्रामा कलाकार कबिर खड्का, संजित भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्लभ घोरासैनी थिए । अन्य कलाकार सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा लगायत भने राजधानीको प्रचारमा व्यस्त छन् ।

त्यस्तै तरकारीवालीको नामबाट विश्व चर्चित बनेकी कुशुम श्रेष्ठ हेटौंडा र चितवनको प्रेसमिटमा उपस्थित थिइन् । जहाँ निर्देशकलाई सिनेमा चर्चामा ल्याउन कुशुमलाई हतियार बनाउँन खोजिएको त होइन ? भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नको उत्तरमा कुशुमलाई अभिनय गराउनैको लागि सिनेमामा लिइएको निर्देशकले बताए । ‘तरकारिवाली परिचय कुशुमले पछी पाएको पहिचान हो । उनि अब देखि कलाकार भएकी छन् । ‘लम्फू’ले उनलाई कलाकारको रुपमा चिनाउने छ ।’ निर्देशकले भने ।