लालपुर्जा ट्रेलर: सौगात र विपिनको लडाई !

लालपुर्जा ट्रेलर: सौगात र विपिनको लडाई !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरसिया मुख्य भूमिकामा अभिनित सिनेमा ‘लालपुर्जा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित प्रेसमिटमा निर्माण टिमले एक गीत र टिजर पनि सार्वजनिक गर्यो ।

मिस्टिक कमेडी जानरा भनिएको सिनेमालाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । निर्देशकले सिनेमालाई पूंजीवाद र अध्यात्मवादको लडाई भने । साथै, सिनेमाले पब्लिसिटीको लागि क्विज सुरु गरेको छ । र, क्विजमा भाग लिन चाहनेले सिनेमा नाम ‘लालपुर्जा’मा कति ओटा भन्टा प्रयोग गरिएको पत्ता लगाएर ‘लालपुर्जा’को अफिसियल पेजमा उत्तर पठाउनु पर्नेछ ।

माघ ४ गते प्रदर्शनमा आउने सिनेमामा माथि उल्लेखित कलाकारका अलावा हरिहर शर्मा, मिरुना मगर, कमलमणि नेपाल, मिश्री थापा, अनिल पाण्डे, कुमार नगरकोटी लगायतको पनि अभिनय छ । विक्रमसिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेको सिनेमामा विक्रमसिंह र निर्देशक स्वयमले कथा लेखेका हुन् ।

https://youtu.be/9D3aF5n1ajo