आइतबार अनमोलको ‘यति यति पानी’ !

आइतबार अनमोलको ‘यति यति पानी’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निक्कै प्रतिक्षा पछी अघिल्लो साता बहुप्रतिक्षित सिनेमा ‘कृ’को ट्रेलर रिलिज भयो । दर्शकको उत्सुकता मेटाउदै सिनेमाको ट्रेलरले युट्युबमा बिभिन्न रेकर्ड राख्यो ।

नेपाली बक्सअफिसका लिडीङ लिडर अनमोल केसी भएकै कारण ‘कृ’ घोषणा भएदेखि नै प्रतिक्षित थियो । त्यसैमा अनमोलको भिन्न लुक्स र ट्रेलरमा देखिएको मेकिङले ‘कृ’लाई झनै प्रतिक्षित बनाएको छ । अब ‘कृ’ सम्वन्धी रिलिज हुने कुनै पनि सामाग्रीले जस्तो पनि रेकर्ड राख्न सक्नेमा दुई मत छैन ।

पुन: दर्शकको उत्सुकता मेटाउन ‘कृ’ टिम अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिनेमाको पहिलो गीत आउँदो आइतबार सार्वजनिक गर्दैछ । ‘यति यति पानी…’ बोलको क्लब गीत निर्माण समय देखिनै चर्चामा छ । स्रोतका अनुसार यो गीत तयार गर्न मोटो रकम खर्चिएको छ ।

गीतमा अनमोललाई रेनषा वान्तवा राईले नचाएकी छन् । उनि भन्छिन् ‘यसअघिका सिनेमामा अनमोलले यसरि कहिले पनि नाचेको थिएनन् ।’ मिस्टर आरजेको शब्द/संगीतमा तयार भएको गीतमा अल्मोडा राना उप्रेती र संगीतकार स्वयम्को स्वर छ । गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमा लामो समयको पर्खाइपछी माघ २६ मा रिलिज हुँदैछ । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको सिनेमालाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

सुवास गिरि र भुवन केसी निर्माता रहेको सिनेमा सिनेमामा अनमोलका अलावा अदिति बुढाथोकी सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमाको कार्यकारी निर्मातामा कमल गिरी र सहनिर्मातामा श्री पराजुली रहेका छन् ।