कृ: अनमोलसँग अदितिको रोमान्टिक अवतार

कृ: अनमोलसँग अदितिको रोमान्टिक अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित सिनेमा ‘कृ’ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक पोस्टरमा अनमोल केसीलाई मात्र प्रस्तुत गरिएको थियो । भने, नयाँ पोस्टरमा अभिनेत्री अदिति बुढाथोकीलाई पनि प्रस्तुत गरिएको छ ।

अघिल्लो पोस्टरमा एन्ग्री देखिएका अनमोल यो पोस्टरमा भने अदितिसँग रोमान्टिक देखिएका छन् । सुरेन्द्र पौडेल निर्देशित सिनेमा लामो समयको पर्खाइपछी माघ २६ मा रिलिज हुँदैछ । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको सिनेमालाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

सुवास गिरि र भुवन केसी निर्माता रहेको सिनेमा सिनेमामा अनमोल र अदितिका अलावा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमाको कार्यकारी निर्मातामा कमल गिरी र सहनिर्मातामा श्री पराजुली रहेका छन् ।