‘कोहलपुर एक्सप्रेस’लाई बैशाख १४ को टिकट !

‘कोहलपुर एक्सप्रेस’लाई बैशाख १४ को टिकट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेको सिनेमा ‘कोहलपुर एक्सप्रेस’को रिलिज डेट तय गरिएको छ । सिनेमाकी निर्मात्रीले फेसबुकमा स्टाटस राख्दै आगामी वर्षको बैशाख १४ लाई रिलिज मिति लक गरिन् ।

अहिले पश्चिम तराईको बाँके जिल्लामा छायाँकनरत सिनेमाले आफ्नो सेड्युलको २२औं दिन नाघीसकेको छ । केकी स्टाटसमा लेख्छिन ‘आज Kohalpur Express वॉकेको विभिन्न स्थानमा दौडदै यहाँको यात्रा २२औँ दिनमा पुरा गर्दैछ। छायाँकन सोचे जस्तै र खोजे जस्तै भइरहेको समयमा हामीले २०७५ वैशाख १४ गते सिनेमा घरमा हुँइकने निर्णय गरेका छौँ। #KohalpurExpress #HuikanaReady

सान बस्नेतको कथालाई अहिले विशाल भण्डारीले एक्सन कट गरिरहेका छन् । सिनेमामा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत रहेको सिनेमामा अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य निर्देशन छ ।