असफल हुँदा कट्रिनालाई हुन्थ्यो करियरको चिन्ता

असफल हुँदा कट्रिनालाई हुन्थ्यो करियरको चिन्ता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कट्रिना कैफ र सलमान खान स्टारर सिनेमा ‘टाइगर’ जिन्दा हे’ बक्सअफिसमा धमाल मच्चाईरहेको छ । कट्रिनाका पछिल्ला केहि सिनेमा बक्सअफिसमा असफल भैरहेका छन् । त्यसैले यी हिरोइनका लागी सिनेमा हिट हुन् जरुरि थियो ।

उनले एक अन्तर्वार्तामा ‘टाइगर जिन्दा हे’को सफलताबाट आफुले राहतको सास लिएको बताएकी छन् । उनका लगातार ४ सिनेमा बक्सअफिसमा असफल रहे । रणवीर कपूरसँगको ‘जग्गा जासूस’, सिद्धार्थ मलहोत्रासँगको ‘बार बार देखो’, आदित्यरोय कपूरसँगको ‘फितुर’ र सैफ अलि खानसँगको ‘फ्यान्टोम’ असफल हुँदा ‘कैट’ले आफ्नो करियर डुब्दै गएको महसुस गरेकी थिइन् । तर, नयाँ वर्षको सुरुवातसंगै उनि ‘ट्रयाक’मा फर्किएकी छन् ।

डीएनएलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, की ‘कैट’ केहि समय अगाडीसम्म आफुलाई सुरक्षित देखिरहेकी थिइनन । त्यो समयमा आफुलाई सुधार्न उनले धेरै मेहनत गरेकी थिइन् । अब भने उनि आफुसँग काफी सन्तुष्ट छिन् । र, आफुलाई यहिँ अनुपातमा लैजाने उनको लक्ष्य रहेको छ ।

‘कैट’ अभिनित ‘ठग्स अफ हिन्दुस्तान’ र ‘जिरो’ यहिँ वर्ष प्रदर्शनमा आउदै छन् । जुन सिनेमामा आमिर खान/अमिताभ बच्चन र शाहरुख खानसँग स्क्रिन शेयर गर्दैछिन् । त्यस्तै कबिर खानको निर्देशनमा बन्ने ‘८३’ मा पनि ‘कैट’ फाईनल भैसकेकी छन् । ’८३’ अहिले प्रिप्रोडक्सनमा छ ।