युट्युबबाट ‘कथा काठमाण्डु’को ट्रेलर हटाउन बोर्डको निर्देशन

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो । निर्माण कम्पनि आहान फिल्मसलाई पत्राचार गर्दै बोर्डले युआरएल समेत उल्लेख गर्दै दृश्यलाई हटाउन निर्देशन दिदै त्यसो नगरिए कारवाही गर्ने चेतावनी समेत दिएको छ ।नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचको अन्तरंग दृश्यप्रति बोर्डले आपत्ति जनाएको हो । तर बोर्डले पत्राचारमा उल्लेख गरेको युआरएल भने सिनेमा ’कथा काठमाण्डु’ को अफिसियल च्यानल हाइलाइटस नेपालको भने होइन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत बोदार्थ गरिएको पत्रमा अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको ब्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले गरेको पत्रमा निर्माण पक्षले आपति जनाएको छ । त्यस किसिमका अन्य युट्युब च्यानल र केहि अनलाइन पोर्टलमा अपलोड गरिएको सामाग्री प्रति निर्माण पक्षले आपति जनाउदै यस अघि नै सम्बन्धित निकायमा त्यस किसिमका दृश्यलाई हटाउन लिखित निवेदन समेत दिईसकेको छ ।

असोज १२ मा रिलिज हुने यस सिनेमामा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विजय राइको लगानी छ । सिनेमामा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । सिनेमालाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको सिनेमाको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘द सिनेमा टाइम्स, हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (द सिनेमा टाइम्स,) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *