श्वेताको लागि दयाको जिउ दाउमा !

श्वेताको लागि दयाको जिउ दाउमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – श्वेता खड्का र दयाहाङ राई स्टारर सिनेमा ‘कान्छी’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘यो जिउ दाउमा लाउने…’ बोलको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत छ ।

धर्मेन्द्र सेवनको स्वर रहेको गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । दया, श्वेता, कामेश्वर चौरसिया, अनु शाह, आशंत शर्मा र भूमिका श्रेष्ठ फिचर्ड गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । यसअघि सार्वजनिक गीत ‘चरी चट्ट परि…’लाई दर्शकले अत्याधिक रुचाईसकेका छन् ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ फागुन ४ मा अलनेपाल रिलिज हुदैछ । सिनेमा ‘कोहिनूर’ पछी श्वेता निर्माण र अभिनयमा यहिँ सिनेमाबाट कमब्याक गर्दैछिन् । त्यसैले ‘कान्छी’को प्रतिक्षा बढ्दो छ ।