सोनम र सिवानीको रोमान्समा ‘कहिँ कतै’ ट्रेलर रिलिज

सोनम र सिवानीको रोमान्समा ‘कहिँ कतै’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सबिर श्रेष्ठको निर्देशनमा उमा बेबीले निर्माण गरेको सिनेमा ‘कहिँ कतै’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकार सिवानी गिरी, सोनम बरफुङ्गपा, दिलिप रायमाझी, उमा बेबी र किशोर खतिवडालाई फिचर्ड गरिएको छ ।

सिनेमाको ट्रेलरमा रोमान्टिक तथा वियोको कथा समेटिएको छ । यहि सिनेमाबाट उमा बेबीकी छोरी सिवानी र सोनम नेपाली रजतपटमा डेव्यु गर्दैछन् । सिवानी सिक्कीमकी स्थाई बासिन्दा हुन् । उनी यसअघि मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप भएकी  थिइन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । सिनेमाका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ ।