बाहिर बोल्ड, ‘कहिँ कतै’मा इनोसेन्ट सिवानी

बाहिर बोल्ड, ‘कहिँ कतै’मा इनोसेन्ट सिवानी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – श्रावण २५ गतेबाट रिलिज हुने सिनेमा ‘कहिँ कतै’बाट नव-कलाकार सिवानी गिरी र सोनम बरफुङ्गपा नेपाली सिनेमामा डेव्यु गर्दैछन् । सविर श्रेष्ठले निर्देशन गरेको सिनेमालाई उमा (बेबी) गिरीले निर्माण गरेकी हुन् ।

यो सिनेमामा उमाकी छोरी सिवानी र सोमनको जोडी बाँधिएको छ । डेव्यु सिनेमालाई दर्शकले कसरी लिन्छन् । यसको प्रतिक्रिया लिन दुवै उत्सुक छन् । केहि समय यता नेपाली सिनेमामा नयाँ कलाकारले बर्चश्व जमाइरहँदा उनीहरु पनि आफ्नो उपस्थीती सुखद रहनेमा ढुक्क छन् ।

मिस भारत र मिस हिमालयनमा फर्स्ट रनरअप समेत रहेकी नव-अभिनेत्री सिवानीले सिनेमामा आउनु आफ्नो लागि ‘सपना’ रहेको बताइन् । उनी भन्छिन्, ‘सानैदेखि मलाई हिरोइन बन्ने चाहना थियो । ममी पनि यही क्षेत्रमा भएका कारण मलाई यो फिल्डमा आउन खासै गाह्रो भएन । अब आफ्नो ट्यालेन्ट देखाएर अगाडि बढ्छु ।’

उनलाई अचेल धेरैले आफ्नै ब्यानरबाट चलचित्रमा डेब्यु गर्नुको कारण सोधिरहेका छन् । सिवानी एउटा कलाकारको मुल्यांकन ब्यानरबाट नभएर अभिनयबाट हुने तर्क राख्छिन् । ‘म आफूमाथि भन्दा पनि दर्शकमाथि डिपेन्ट हुन चाहन्छु । दर्शकले ब्यानर हेर्नुहुन्न अभिनय हेर्नुहुन्छ’, उनले भनिन् ।

उनी ‘कहीँ कतै’ मा आफूले ‘इनोसेन्ट’ युवतीको भूमिका निर्वाहा गरेको बताउँछिन् । ‘मैले सिनेमामा जति दिन सक्थे त्यति दिएको छु जस्तो लाग्छ’ उनले अगाडि भनिन्, ‘मैले वर्कशप पनि गरिनँ तर पनि राम्रो काम दिएको छु जस्तो लाग्छ ।’

सिक्किम प्रदर्शनमा दर्शकबाट सुखद प्रतिक्रिया पाएको सिनेमा ‘कहिँ कतै’ नेपाल रिलिजको संघारमा रहँदा नव-अभिनेता सोनम बरफुङ्गपा अब नेपाली सिनेमामा नै आफ्नो भविष्य बनाउने सोचमा छन् । उनी भन्छन्, ‘राम्रो काम दिने कोशिश गरेको छु । डेब्यु चलचित्र भएका कारण डर र उत्साह दुवै छ ।

दीलिप रायमाझी, उमा बेबी गिरी, किशोर खतिवडालागयतका कलाकारहरुको पनि अभिनय रहेको ‘कहीँ कतै’ मा अर्जुन जिसीको सम्पादन रहेको सिनेमामा बाबु श्रेष्ठको छायांकन रहेको छ ।