कमेडी खुराकले भरिपूर्ण ‘झ्यानाकुटी’ ट्रेलर रिलिज

कमेडी खुराकले भरिपूर्ण ‘झ्यानाकुटी’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको सिनेमा ‘झ्यानाकुटी’को ट्रेलर रिलिज भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर हेर्दा निकै कमेडी लाग्छ । सिनेमामा बोलिएका संवादहरु रमाईला छन् ।

नायिका निशा अधिकारीको निर्माणमा तयार भएको सिनेमालाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । सिनेमामा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, अस्टल गुरुङ, सुमी मोक्तान लगायतको अभिनय रहेको छ । सिनेमामा सनिश गुरुङ र विकाश चौधरीको संगीत, प्रदीप भारद्वाजको लेखन, हरि हुमगईको छायाँकन रहेको छ । सिनेमाको सम्पादन निर्देशक सुनुवारले नै गरेका हुन् ।

मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको गीत पनि सार्वजनिक भैसकेको छ । उक्त गीतलाई पनि युट्युबमा खुबै रुचाइएको छ ।