जुड्वा २: हेर्नुस वरुणका दुई रुप

जुड्वा २: हेर्नुस वरुणका दुई रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । करिब २० वर्ष अगाडी रिलिज भएको ‘जुड्वा’को सिक्वेल २९ सेप्टेम्बरमा रिलिज हुदैंछ । सिनेमामा अभिनेता बरुण धवन दोहोरो भूमिकामा प्रस्तुत भएका छन् । सन् १९९७ मा प्रदर्शनमा आएर सुपरहिट बनेको सिनेमा निर्माण समय देखि नै चर्चामा छ ।

केहि दिन अगाडी सिनेमाको पहिलो पोस्टर सार्वजनिक गरिएको थियो । पहिलो पोस्टरबाट सकारात्मक प्रतिक्रिया पाएपछी निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा बरुणलाई दुई अवतारमा प्रस्तुत गरिएको छ । तर, पोस्टरमा दुई अभिनेत्री ज्याक्लिन फर्नान्डिज र तपसी पन्नु अटाईएका छैनन् ।

डेभिड धवनले निर्देशन गरेको सिनेमाको प्रिवेलमा सलमान खान र करिश्मा कपूरको मुख्य भूमिका थियो । २० वर्ष अगाडी बनेको ‘जुड्वा’ तलेगु सिनेमा ‘हेल्लो ब्रोदर्स’को रिमेक थियो । जुन सिनेमा ज्याक्की चेनको ‘ट्विन ड्रागन्स’ माथि आधारित थियो ।