कृष्टिना र सजनले जिते ‘झ्यानाकुटी’को ५१ हजार

कृष्टिना र सजनले जिते ‘झ्यानाकुटी’को ५१ हजार

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मंसिर १ गतेबाट अलनेपाल रिलीज भएको सिनेमा ‘झ्यानाकुटी’ यति बेला दोस्रो सातामा प्रर्दशन भैरहेको छ । सिनेमाले ट्रेलर रिलीज गर्दा घोषणा गरेको ‘फोटो कन्टेस्ट’को विनरलाई पुरस्कार राशी नगद ५१ हजार हस्तान्तरण गरेको छ ।

उक्त ‘फोटो कन्टेस्ट’ नेपाली सेलीब्रेटी माझ पनि निकै चर्चित भएको थियो । प्रिती चाउचाउसंग सहकार्य गरेर आयोजना गरिएको ‘फोटो कन्टेस्ट’ क्रिष्टिना अधिकारी र सजन ढकालले जितेका छन । शुक्रबार देखि काठमाण्डौमा सञ्चालनमा आएको केकेएफसीमा ‘झ्यानाकुटी’ टिमले विजेता घोषणा गरेको हो ।

नोभेमबर ४ मा क्रिष्टिनाले सजनलाई बोकेको फोटो अपलोड गरेकी थिइन । उनको तस्वीरमा सर्वाधिक १२ सय लाइक आएको थियो, भने झ्यानाकुटी ‘फोटो कन्टेस्ट’को सम्पुर्ण सर्त पुरा भएको निर्माण टिमले जनाएको छ । विजेतालाई अभिनेता सौगात मल्ल, बेनिशा हमाल, निर्देशक सिमोस सुनुवार, लेखक प्रदिप भारद्धाज र केकेएफसीका मालीक चन्दन शाहले विजेतालाई चेक हस्तान्तरण गरेका थिए ।

पुरस्कार पाउँदा आफु एकदमै खुशी भएको भन्दै क्रिष्टिनाले निशा अधिकारीको फेसबुकबाट यसबारे जानकारी पाएको भन्दै आफुले विभिन्न आइडिया लगाएर आफ्नो श्रीमानलाई मनाएर फोटो खिचेको बताइन । यस्तै निर्देशक सिमोस सुनुवारले यो बोक्नको लागी मात्रै नभई सम्पुर्ण जोडीलाई खुशी बनाउन पनि आफुले यो कन्टेस्ट गरेको सुनाउँछन ।

आफुले धम्पुसका एक जोडीको कथा उठाएको र दर्शकले मन पराएर आफ्नो सिनेमा सफल भएको बताउदै पहिलो हप्तामै लगानी सुरक्षीत भएकोले दर्शक तथा विजेता क्रिष्टिना र सजनको जोडीलाई बधाई दिए । अभिनेता सौगातले पनि दर्शकले सिनेमा मन पराएको र आफुलाई सौगात भन्दा नी बुधेको रुपमा चिनेकोमा खुशी व्यक्त गरे ।